भिमाद सञ्चार

तनहुँ २०८० पौष  २५
भिमाद। भिमाद नगरपालिका – ३ मिर्छुलुङ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दु’र्घटना हुँदा ११ यात्रु घाइते भएका छन । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको फोर्स जिप बिहान ९:३० बजे भिमादको सेर्का बरालथुन्कीमा दुर्घटना भएको छ ।

ऋङ्गपथ मोटरमार्ग बाट १ सय सत्तरी मिटर तल खसेको उक्त जिपमा चालक सहित १२ जना सवार थिए। उनिहरु मध्य १ जना बौद्धिकाली गाउपालिका २ डेडगाउँ बर्ष ४५ को रोम बहादुर बिकको घटनास्थलमा मृत्यु भएको छ , ५ जना गम्भीर घाइते रहेका छन बाकी मध्यम घाइते रहेका छन भने चालक सकुशल प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरिक्षक उदय राज पैडेलले जानकारी दिए।

घाइतेहरुलाई थप उपचारका लागि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ जना र जिपि कोइराला हस्पिटल बेलचैतारामा ८ जना लगिएको छ। भिमाद प्रहरी र स्थानिय युवाहरुको सहयोगमा घाइतेलाई उद्दार गरि भिमाद नगरपालिका र घिरिङ गाउँंपालिकाको एम्बुलेन्समा हस्पिटल पठाइएको हो। उनिहरुको पहिचान खुल्न बाँकी छ।