भिमाद सञ्चार

तनहुँ २०८० पौष
दमौली । तनहुँ दमौली व्यास नगरपालिका–२ निवासी जातिय मुक्ति आन्दोलनका अग्रणी व्यक्तित्व रामलिला सुर्वणकारको निधन भएको छ ।

दलित अधिकारकर्मी सुवर्णकारको ६२ बर्षको उमेरमा बुधबार राती निधन भएको हो । गैरसरकारी संस्था महासंघ तनहुँका पुर्व अध्यक्ष एवं नेकपा एमालेका नेता पनि हुन् । उनको निधनले जातिय मुक्ति आन्दोलनमा अतुलनीय क्षति पुगेको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिकले जानकारी दिए ।

केही बर्ष अघि दुर्घटनामा परेपछि अस्वथ्य हुदै आएपछि परिवारले विभिन्न अस्पतालमा लगेर उपचार गर्दै आएका थिए ।सरल र भद्र स्वभाव अनि तौलिएर बोल्ने जीवनको अन्तिम क्षणमा लामो समय  अस्वस्थ रहेका सुबर्णकार सधैँका लागि अस्ताउनुभयो ।

देशको राजनीतिक परिवर्तन र जातिय मुक्ति आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका सुबर्णकार प्रति भावपूर्ण श्रद्धाञ्जली ।