भिमाद सञ्चार

तनहुँ २०८० माघ ६ शनिबार

भिमाद  । देशै भरिका विज्ञान अध्यापन गराउने शिक्षकहरुको साझा सङ्गठन विज्ञान शिक्षक समाज नेपाल (STAN) अन्तर्गत तनहुँ  जिल्लाको भिमाद नगरपालिका स्तरीय  प्रथम अधिवेशन भिमादको जनज्योति  माविमा सम्पन्न भएको छ ।

भिमाद नगरपालिकाका बिभिन्न विद्यालयमा विज्ञान पढाउने शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रम जिल्ला तदर्थ समिति संयोजक सोमराज सिग्देलको अध्यक्षता तथा शिक्षक श्री अरुण चन्द्र भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बिज्ञान शिक्षक चन्द्र प्रकाश सुवेदीले आफ्नो भनाई राख्दै विद्यालयमा बिज्ञान शिक्षालाई उन्नयन गर्न र बिज्ञान शिक्षाकलाई शिक्षण, सिकाईमा अब्बल बनाउन  पेशागत विकास र देशको समग्र विज्ञान तथा प्रविधीको विकासको लागि STAN ले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

भेलाले शिक्षक सोमराज सिग्देलको अध्यक्षतामा २१ सदस्यीय नगर कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा देबेन्द्र खड्का,सचिव अरुणचन्द्र भट्टराई, सहसचिब अनुभा श्रेष्ठ  र कोषाध्यक्ष शिव पौडेल रहेका छन ।

यसै गरि सदस्यमा सिरिमाया थापा, सिर्जना सुवेदी, मदन लम्साल, हरि सेढाई, समिक्षा अधिकारी, अमृत अधिकारी, रामचन्द्र देवकोटा, टिकाराम थापा, शान्ति भाराती, शिशिर ओझा, सन्तोषि ढुंगाना, तारा मिजार, राजकुमार सिग्देल, प्रबिन कडेल, ओम प्रकाश शाह र पार्वती तामाङ रहेका छ्न् ।

जिल्ला प्रतिनिधि तर्फ प्रकाश तिम्सिना, दर्शन थापा, शान्ति भाराती, शिव पौडेल, राजकुमार सिग्देल साथै प्रदेश प्रतिनिधि तर्फ बिद्यासागर तिवारी एवम् सल्लाहकार चन्द्र प्रकाश सुवेदी र राजेन्द्र कुमार वाग्ले रहेका छन् । नयाँ बनेको कार्यसमितिको  पदास्थापन कार्यक्रम पनि लगत्तै  सम्पन्न  भएको बिज्ञान शिक्षक समाज प्रतिनिधि प्रकाश तिम्सिनाले जानकारी गराए ।