भिमाद सञ्चार

तनहुँ २०८० माघ ७ आइतबार

शालिकराम गहतराज

पोखरा  । पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘ हामी बचाउछौ हाम्रा मानव समुदायालाई’ भन्ने मूल नाराका साथ पर्वत, स्याङ्जा र कास्की पाेख्रेली बिश्वकर्मा समाजले आयोजना गरेको हो ।

कार्यक्रममा समाज द्वारा कास्की जिल्लाकै सबै भन्दा धेरै ८५औ पटक रक्तदान गर्ने लक्ष्मण गुरुङलाई सम्मान गरिएको हो । समाजका अध्यक्ष चन्द्र किशोर गौतम को अध्यक्षता, संघीय सांसद मन बहादुर गुरुङ्ग्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरिएकाे थियो । गुरुङले हाम्रो उद्देश्य समतामूलक समाज निर्माणको लागि महत्त्वपूर्ण कार्यको प्रशंसा गर्दै कला, सिप, क्षमता भएका नागरिकलाई राज्यले उचित ब्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए  ।

कार्यक्रममा सल्लाहकार जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिश्वकर्मा, सल्लाहकार एवम स्वस्थ्य बिभाग प्रमुख डा. दिनेश कुमार बिश्वकर्मा, पोखरा उच्च अदालतका सहायक न्यायाधीश गणेश बिश्वकर्मा, पोखरा म. न. पा. कार्यपालिका सदस्य निर्मल दियली, दाम बहादुर बिश्वकर्मा, रत्न आभुषण महासंघका महासचिव किसान सुनार, कास्की अध्यक्ष भरत दियाली, जनमुखी सहकारीका पुर्व अध्यक्ष महेन्द्र बिश्वकर्मा लगाएले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति चन्द्र किशोर गौतमले रगतको अभावमा कोहि कसैले ज्यान गुमाउन हुदैन र आगामी दिनमा साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।