भिमाद सञ्चार

तनहुँ २०८० माघ  १३ शनिबार

भिमाद । तनहुँमा फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ तनहुँ भिमाद ईकाइ गठन भएको छ ।

भिमादमा शनिबार भएको प्रथम नगर भेलाबाट फर्निचर व्यवसायी देबेन्द्र भण्डारी  निर्विरोध चयन भएका छन्  । देशको आर्थिक अवस्था बिग्रेसगै फर्निचर व्यवसाय पनि धरापमा परेको र स्थानीय सरकारले फर्निचर संग सम्बन्धित काम गर्ने ब्यवसायलाई करको दायारामा लैजान नसक्दा ब्यवासाय एक जुट भएर अगाडि बढ्नु परेको बताएका छन्  ।

फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी संघ भिमाद ईकाइको कार्यक्रममा मुक्ति पौडेलको अध्यक्षता एवम्  गण्डकी प्रदेश उपाध्यक्ष/ तनहुँ जिल्लाका सस्थापक जिल्ला अध्यक्ष अमर बहादुर भणडारीको  प्रमुख आतिथ्यतामा र केन्द्रीय सदस्य / जिल्ला उपाध्यक्ष लक्ष्मी राज वाग्लेको बिशेष उपस्थितिमा भएको नगर भेलाले देबेन्द्र भण्डारीको संयोजकत्वमा कार्यसमिति थप्ने गरि ६ सदस्यिय कार्यसमिति  सर्वसम्मत चयन गरेको हो ।

भिमादका फर्निचर ब्यवसायीहरुको सहभागीबाट जसमा कोषाध्यक्षमा बुद्धिसागर पौडेल, सचिब पूर्ण बि क, सदस्यहरुमा गित बहादुर कुमाल, गंगा बहादुर सोमाई र मुक्ति पौडेल  चयन भएका छन् ।

तनहुँ  फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ तनहुँका अध्यक्ष अमर बहादुर भण्डारी, उपाध्यक्षमा लक्ष्मी राज वाग्लेले सस्थाका बारेमा बोल्दै  स्थानीय सरकारीले स्थानीय ब्यवासायिलाई सामन खरिद प्रक्रियामा कुनै चासो नगरेको  र कर्मचारीको अनुकूलतामा बाह्या जिल्ला बाट सामन भित्र्याएको प्रती गुनासो व्यक्त गरेका छन्   । भारतीय मुलका गैह्रकानुनि रुपमा खुलायम बिना दर्ता काम गरेको ब्यक्तीहरु प्रति स्थानीय सरकारले  ध्यान नदिए,  यस बिषयमा गम्भीर  ब्यवासायी संघ लाग्नु पर्ने बताएका छन् ।

कार्यक्रम भिमाद नगरपालिका ६ को सिसाउघारिममा भएको थियो ।

 

 

 

 

 

 

शुक्ल गण्डकी नगरपालिका ६ मा सप्पन्न भएको  ईकाइको प्रथम नगर भेलाबाट चयन हुनुभएका नयाँ कार्यसमितिलाई ब्यवसायको समस्य र उदेश्यमा रहेर काम गर्न सुझाव दिदै ठान प्रकाश न्यौपानेले कार्यक्रम समापन गर्नु भएको थियोे ।