भिमाद सञ्चार
तनहुँ २०८० माघ १९ शुक्रबार

इनरहिल क्लब अफ दमौली द्वारा तनहुँका मृगौला फेल भएका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

 

तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका कृष्ण बहादुर बि क को उपचारका लागि सहयोगार्थ रकम क्लबका अध्यक्ष प्रमिला श्रेष्ठले बुधबार तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरीलाई दश हजार एक सय नौ रुपैयाँ हस्तान्तरण गरेको हो ।

बि क को दुबै मृगौला फेल भएका कारण अहिलेसम्म धेरै पटक डाइलोसिस गरिसकेको अबस्था रहेको छ ।