भिमाद सञ्चार

तनहुँ २०८० माघ २० शनिबार

तनहुँको भिमादमा शनिबार रक्त्तदान गरिएको छ । नेपाली कांग्रेस तनहुँ २ प्रदेश सभा २ द्वारा आयोजित रक्त्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ ।

कांग्रेसले संचालन गरेको शहिद सप्ताह अन्तर्गत समुदायमा कांग्रेस अभियानको अवसर रक्त्तदान कर्यक्रम आयोजना गरेको तनहुँ २ प्रदेश सभा २ का कांग्रेस सभापति इन्द्रबहादुर आलेले बताए ।

रक्त्तसंचार केन्द्रमा रगत अभाव रहेकाले मानव जिवन रक्षाका लागि रक्त्तदान आयोजना गरेका हौ सभापति आलेले भने ।कांग्रेस तनहुँका सभापति एवम गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बलड व्याक पहिलो रक्त्तदाता सुमन थापामरलाई हस्तान्तरण गरे ।

नेपाल रेडक्रस सोसाईटी तनहुँ रक्त्तसंचार केन्द्रको प्राविधिक सहयोगमा रक्त्तदान सम्पन्न गरेको हो ।