भिमाद सञ्चार
तनहुँ २०८० माघ २५

तनहुँ भिमाद । तनहुँको भिमादमा बक्तृत्वकला प्रतियोगिता हुँदैछ ।

जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । भिमाद नगरपालिका भित्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीले उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।

समितिका संयोजक शिव दत्त चापागाईंका अनुसार ‘बिज्ञान र प्राविधिमा बिद्यार्थीको पहुँच, शीर्षकमा बक्तृत्वकला प्रतियोगिता हुन लागेको हो । बिज्ञानमा महिलाको पहुँच अन्तरास्ट्रिय दिवसक अवसरमा माघ २८ गते उक्त कार्यक्रम हुन लागेको हो । भिमाद नगरपालिकाको सभाहलमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई चार हजार रुपैँया र प्रमाणत्र, द्धितिय हुनेलाई ३ हजार र प्रमाण पत्र तथा तृतिय हुनेलाई २ हजार रुपैँया र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक शिव दत्त चापागाईंले बताए ।