भिमाद सञ्चार

तनहुँ २०८० माघ २७

कतर । बिश्वकर्मा समाज कतारकाे आयाेजनामा बनभाेज तथा संस्कृतिक कार्यक्रम देहा सहानिया अल देसारी पार्कमा भव्यताकाे साथ सम्पन्न भएकाे छ ।


विश्वकर्मा समाज काे अध्यक्ष सेवक विश्वकर्मा काे अध्यक्षतामा भएकाे कार्यक्रमा प्रमुख अतिथि कृष्ण बराल,बिशेष अतिथि प्रकाश विश्वकर्मा अतिथिहरु माेहन घताने,संस्कृतिक संयाेजक सन्ताेस बि.क. महिला संयाेजक गीता बि.क.संगै कतार मा रहेका नेपाली बिश्वकर्मा दाजुभाइ,दिदीबहिनीहरु काे उपस्थिति रहेकाे थियाे।

कतार मा रहेका आम नेपालीहरु ले भाेग्नु परेकाे समस्याहरु लाई समाधान ,सहयाेग र साथ दिने उदेश्यले गठन गरिएकाे कार्यक्रम का प्रमुख अतिथि कृष्ण बराल ले जानकारी दिनुभएकाे थियाे । साथै कतार मा रहनु भएकाे कलाकार हरुकाे बिजाेड प्रस्तुति समेत रहेकाे संवाददाता हिमाल बि.क ले जानकारी दिनु भएकाे छ।