भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन ३

भिमाद । भिमादमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा आइतबार  (माघ२८ गते) प्रतियोगितामा जनज्योति मा बि का छात्र आदित थापा  प्रथम भएका छन् । क्षमता अभिवृद्धिका लागि बिज्ञान र प्राविधिमा विद्यार्थीको पहुँच  विषयक बक्तृत्वकला प्रतियोगितामा आदित थापा  प्रथम, बुचाखानी मा बि कि छात्रा मनु थापा द्धितिय र भिम मेमोरियल आवासीय मा बि कि छात्रा रितु बि क  तृतिय भएकि छन्  ।

प्रतियोगितामा १३ विद्यार्थीहरु सहभागी भएका थिए । प्रथम हुनेलाई नगद ४ हजार रुपैँयाको साथमा प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३ हजार रुपैयाको साथमा प्रमाणपत्र  र तृतिय हुनेलाई नगद २ हजार रुपैँया प्रदान गरिएको थियो  ।

जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशव राज काफ्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगरपालिकाको प्रमुख दधिराज सुबेदीको प्रमुख आतिथ्यताको कार्यक्रम जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिव दत्त चापागाईंले सञ्चालन गरेका थिए  ।