भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन ३ बिहिवार

शुक्लागण्डकी । शुक्लागण्डकी नगरपालिकामा ट्रयाक्टर र मोटरसाइकल बिच दु’र्घटना हुँदा एक महिलाको मृ’त्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका- १० छाब्दी देउराली स्थित भित्री सडक खण्डमा भएको दु’र्घटनामा मोटरसाइकलको पछाडी सवार शुक्लागण्डकी १ थप्रेक बस्ने ४५ वर्षीय पिपलकौरी गुरुङको घ’टनास्थलमा नै मृ’त्यु भएको हो ।

साखेबाट दुलेगौंडा तर्फ आउदै गरेको ग ७ प ६९२४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जादै गरेको ग १ त ३९९४ नम्बर ट्रयाक्टर संग आपासमा ठोकिदा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।