भिमाद सञ्चार
तनहुँ २०८० फाल्गुन ४ शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उप-सभापति डा. स्वर्णि‌म वाग्ले पार्टीका अन्य सदस्य सहित पैदल यात्रामा निस्कने भएका छन् ।

दुलेगौंडा देखि हर्कपुर सम्म १०.१८ किलोमिटर दूरी पार गर्ने लक्ष्य सहित आफूहरू पैदल यात्रामा निस्कन लागेको भिमाद नगर सभापति हरि लम्सालले जानकारी दिए ।

सडक निर्माण ढिलाइबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू पैदल यात्रामा निस्कन लागेको र यात्रा फाल्गुन ५ गते भोली शनिबार ७:३० बजेबाट बनकेवा चोक दुलेगौंडा बाट सुरु हुनेछ ।