भिमाद सञ्चार
तनहुँ २०८० फाल्गुन ४ शुक्रबार

भिमाद । प्रजातन्त्र दिवसको अवसरमा भिमादमा Undaer-16 अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

युवा क्लब भिमादले आयोजना गरेको प्रतियोगिताको शुक्रबार भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले उद्घाटन गरे ।

प्रतियोगितामा शुक्रबार भएको उद्घाटन खेलमा जनज्योति माध्यमिक विद्यालयले माउन्ट अन्नपूर्ण इङलिस बोर्डिङ स्कुललाई १-३ गोलले जित हासिल गर्‍यो ।

त्यस्तै, शुक्रबार भएको पहिलो चरणको दोस्रो खेलमा भिम मेमोरियल इङलिस बोर्डिङ सेकेन्डरी स्कुललाई अमर भुपु सैनिक इङलिस स्कुलले १-६ गोलले पराजित गर्‍यो ।

शनिबार बिहान ११ बजे फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल हुनेछ । दोस्रो चरणको पहिलो खेल (बि) भिम मेमोरियल इंग्लिस बोर्डिङ स्कुल र श्री धर्मा सेकेन्डरी स्कुल बिच हुने भएको छ ।

फुटबल प्रतियोगितामा ६ टिमको सहभागिता रहेको र उक्त कार्यक्रमको समापन यहीँ फाल्गुन ७ गते हुने पनि युवा क्लब भिमाद का सह- सचीव ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।