भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन १०

भिमाद : तनहुँ लको ऋषिङ्ग गाउँपालिका-१, धावादिमा रहेको शिवशक्ती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

समृद्धि बचत तथा ऋण सहकारी सस्था लि. तर्फबाट २२ जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष अमर बहादुर भण्डारीले बताए ।

गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि विद्यार्थीहरूलाई पोशाक तथा स्टेशनरी प्रदान गरिएको हो ।

विद्यार्थीका अभिभावकको उपस्थितिमा रहेको उक्त कार्यक्रममा सहकारीको तर्फबाट कार्य समितिका पदाअधिकारी साथै प्रबन्धक अर्जुन रानाभाटको पनि उपस्थिति रहेका थिए ।