भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन १४

भिमाद ।मगर दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । तनहुँका ८ पालिकामा बिदा घोषणा गरिएको हो । मङ्गलवार ४२ औँ मगर स्थापना दिवस मनाइँदै छ ।

तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले बिदा घोषणा गरेका हुन् । उनीहरुले कार्यपालिका बैठकबाट बिदाको निर्णय गरेका हुन् ।

स्थानीय तहका कर्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी सङ्घसंस्था र सबै विद्यालयमा बिदा हुने प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङघाली परिवार संघको पहिलो महाधिवेशन भएको दिनलाई मगर स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।