भिमाद सञ्चार
तनहुँ २०८० फाल्गुन १५

तनहुँ । एल पि भानु शर्मा यही १७ गते दमौली तनहुँ आउँदै हुनुहुन्छ । गुरु शर्मा, जिबन बिज्ञान जिल्ला परिषद तथा वेद ब्यास प्रयोगसालाको आयोजनामा पुर्ण स्वास्थ बिज्ञान कार्यक्रमका लागि आउन लाग्नुभएको हो ।

भ्रमणको क्रममा जीवन बिज्ञानका सस्थापक गुरु एल पि भानु शर्माको फाल्गुन १७ गते तनाब ब्यवस्थापन एवम् पुर्ण स्वस्थ लाभ सम्बन्धि १२:४५ देखि २ बजे सम्म ब्यास नगरपालिका १ भानुभक्त क्याम्पस स्थित बिज्ञान चौरमा प्रबचन रहने जीवन बिज्ञानका प्रशिक्षक अमर बहादुर भण्डारीले जानकारी दिनुभयो ।

मनुष्यका सम्पूर्ण दुखहरूको निवारण गर्दै आनन्दमा स्थापित हुन मदद गर्ने विज्ञानलाई ‘योग’ भनिन्छ । यी दुखहरु शारीरिक, मानसिक, आध्यात्मिक, आर्थिक, राजनीतिक वा जुनसुकै प्रकारका हुनसक्छन् ।

सबै किसिमका therapy, चिकित्सा पद्धति, धार्मिक क्रियाहरू र आध्यात्मिक साधनाहरू योग अन्तर्गत नै पर्दछन् । योगलाइ मौलिक रूपमा बुझ्ने र प्रयोग गर्ने हो भने यो विधा हाम्रो राष्ट्रको सम्पन्नता एवं गरिमाको मूल श्रोत बन्ने छ र विश्व भरबाट पर्यटकहरू नेपाल ल्याउन सकिनेछ । यो तथ्यलाइ मनन गर्न सबैमा आग्रह गरिन्छ ।