भिमाद सञ्चार
तनहुँ २०८० फाल्गुन २३

समाजका केन्द्रीय सल्लाहकार उमेश सिकेको संयोजकत्वमा सदस्यहरु रामबहादुर बल्कोटी,यामबहादुर सुर्खाली,शालिकराम नेपाली,डिलबहादुर नेपाली र शोभा नेपालीको प्रस्तावित निर्वाचन मण्डल रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवं गण्डकी प्रदेश सभा सदस्य दमन्ती रुचालले दलित समुदायले हक अधिकारका लागि अब बन्दुक बोक्न नपर्ने बताइन् ।
मिजार समाज तनहुँले सोमबार दमौलीमा आयोजना गरेको शसक्तिकरणको लागि मिजार समाजको अवस्था र पहिचान बिषयक कार्यक्रम एवं चौथो जिल्ला अधिवेशनमा बोल्दै उहाँले सो कुरा बताएकी हुन् ।
हिजो जनयुद्धमा हक अधिकारका लागि बन्दुक बोकेर लड्न तयार भएपनि अबका दिनमा बन्दुक बोक्न नपर्ने भएको उनले बताइन् ।
०७२ सालमा जारी गरिएको संविधान आम दलित समुदायका लागि मुख्य हतियार सावित भएको छ,उनले भनिन् छुवाछुत गर्ने व्यक्तिलाई हतियारको रुपमा संविधानले अधिकार प्रदान गरेको छ ।
कार्यक्रममा नेकाँ तनहुँका जिल्ला उपसभापति देवकुमार श्रेष्ठले समाजमा हुने जातिय छुवाछुतलाई सदाका लागि अन्त्य गरिनुपर्नेमा जोड दिए ।
नेकपा एमाले जिल्ला उपाध्यक्ष हरिराज कँडेलले मिजार समाजको सबलीकरणका लागि आर्थिक,सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सशक्त बनाउन आवश्यक रहेको औल्याए । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य डिलबहादुर नेपालीले राजनीतिक समानताको लागि दलितहरुको लडाई जारी रहेको भनाई  राखे । नेकपा एसका जिल्ला सचिव मंगलप्रसाद श्रेष्ठले समयको परिवर्तनसंगै छुवाछुतका घट्नामा न्यूनिकरण हुदै गएको र मिजार जातिले पनि आफ्नो आनीबानीमा सुधार गर्दै जानुपर्नेमा जोड दिए ।
मिजार समाज नेपाल तनहुँका अध्यक्ष रनसिं नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मिजार समाज नेपालका केन्द्रीय उपाध्यक्षद्वय शोभा नेपाली,रामबहादुर बल्कुटी,समाजका महासचिव यामबहादुर सुर्खाली,समाजका प्रदेश अध्यक्ष शालिकराम नेपाली,समाजका केन्द्रीय सल्लाहकार उमेश सिके,माविका शिक्षक चित्रकुमार सुर्खाली,भीमाद नगरपालिका मिजार समाजका अध्यक्ष बाबुराम रुचाल,जनप्रतिनिधी सकुन्तला ठडराई,परियार सेवा समाजकी कोषाध्यक्ष लक्ष्मी परियार लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका  थिए ।