भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन २७

तनहु। शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुरमा २ वटा बन्दुकसहित ७ जना पक्राउ परेका छन् । शंकास्पद वस्तुसहित सरिप चन्द समातिएका थिए । उनलाई सोधपुछ गरेर पछ्याउँदा दुईनाले बन्दुकसहित ५ जना र एकनाले बन्दुकसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई दुई वटा अवैध बन्दुसहित पक्राउ गरेको हो । दुईनाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् ।

एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरुको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।