भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुण २८ , अमृत परियार

भिमाद । प्रथम लायन्स सेभेन ए साइड फुटवल कप
प्रतियोगिताको उपाधी भिम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल भिमादले उचाल्न सफल भएको छ ।

आज नेपाल पुलिस स्कुल बेलचौतारा र भिम मेमोरियल बिच भएको फाइनल खेलमा पेनाल्टी सुटआउट ३-२ गोल अन्तरले पुलिस स्कुललाई पराजित गर्दै भिम मेमोरियलले उपाधी उचाल्न सफल भएको हो । खेलको निर्धारित समय भित्र दुवै टिमबाट १/१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । प्रतियोगितामा प्रथम र द्वितिय स्थान हासिल गर्दै दुवै समुहले क्रमश १५ हजार १११ , ८ हजार १११ को साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।


भने भेट्रान्स तर्फ राङ्गरुङ्ग रिसोर्ट ‘ ए ‘ र राङ्गरुङ्ग रिसोर्ट ‘ वि ‘ विच भएको फाइनल खेलमा राङ्गरुङ्ग रिसोर्ट वि ५-१ गोल अन्तरले विजयी भएको छ । प्रथम स्थान हासिल गर्दै राङ्गरुङ्ग रिसोर्ट ‘वि ‘ ले खशी मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । भने राङ्गरुङ्ग रिसोर्ट ए ले बोका मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भेट्रान्स तर्फ आकाश थापाले ह्याट्रिक गरेका थिए । भने उज्ज्वल खनालले २ गोल गरेका थिए।

यस्तै एकल नृत्य प्रतियोगितातर्फ माउण्ट अन्नपुर्ण बोर्डिङ स्कुलकी एन्जिला थापा प्रथम भएकी छन् । भने भिमाद डान्स एकेडेमीका असिम थापा द्वितिय भएका छन् । प्रथम र द्वितिय स्थान हासिल गर्दै विजेता एबम् उपविजेताले क्रमश ६ हजार १११ , ३ हजार १११ साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि रिजन १८ का रिजन चियरपर्शन लायन सुजन कुमार श्रेष्ठले लायन्स क्लबले समाजसेवाका क्रियाकलाप साथै खेलकुदका गतिविधि पनि गर्दै जाने बताएका छन् ।


यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाका वडा नं ६ का वडाध्यक्ष श्याम सुन्दर जोशीले खेलाडीहरुलाई बधाई दिँदै आगामी दिनमा छात्रा फुटबल प्रतियोगिता समेत आयोजना गर्नको लागि युवा क्लब भिमादलाई सुझाएका थिए ।

क्लबका अध्यक्ष आनन्द कुमार श्रेष्ठले आगामी दिनहरुमा पनि क्लबले समाजका सम्पूर्ण पक्षहरुसंग जोडिएर सक्रिय रुपमा सामाजिक कार्यहरु गर्दै जाने बताए ।
फाल्गुण २४ देखि शुरू भएको प्रतियोगितामा अण्डर १३ तर्फ १८ टिम खुल्ला नृत्य तर्फ ८ र भेट्रान्स तर्फ पनि ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।