भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन २९, सुरेश सिन्चुरी

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँद्धारा आज विद्यार्थीलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण गराईएको छ । तनहुँ जिल्ला व्यास नपा वडा नं ५ चापाघाटमा रहेको शान्ति बर्स अङ्ग्रेजी बोर्डिङ स्कुलमा अध्यानरत कक्षा ८,९ र १० का विद्यार्थीलाई प्रशिक्षण गराईएको हो ।

विद्यालयका प्रद्यानध्यापक उदित पौडेलको अनुरोधमा उक्त कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई ट्राफिक नियम भनेको के हो , सडकमा हिड्दा , सडक पार गर्दा , बस चढ्दा वा ओराल्दा , सवारी साधनमा यात्रा गर्दा , सडक यात्रा गर्दा सुरक्षित कसरी हुने लगायतका बिषयमा प्रशिक्षाण गराईएको पौडेलले बताउनुभयो । उहाँले जिल्लमा रहेका अधिकांस विद्यालयहरुमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

बालबालिकाले ट्राफिक नियमको पालना नगर्ने, अभिभावकले पुर्ण रुपमा सचेत नगराउने र विद्यार्थीहरु सवारी दुर्घटना तथा ट्राफिक कारबाहिमा पर्ने जस्ता समस्या देखिएपछी विद्यार्थीहरु सजक रहुन भन्ने उद्देश्यले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण गराईएको विद्यालयका प्रद्यानध्यापक उदित पौडेलले बताउनुभयो । सवारी साधनको दुरुपयोग गर्न सक्ने विद्यार्थीलाई यस कार्यक्रमले सचेत बनाउन सक्छ उहाँले भन्नुभयो । कार्यक्रममा विद्यालयका करिब ८० जना भन्दाबढि विद्यार्थी सहभागि रहेका थिए ।

सडक दुर्घटनामा परेमा क्षेति सवारी चालकलाई हो ट्राफिक प्रहरीलाई होईन भन्ने नारासहीत कार्यक्रम सम्पन्न गरिएको थियो ।