भिमाद सञ्चार

तनहुँ २०८० चैत्र ४, शालिकराम गहतराज

काठमाडौ । नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी महासंघ नेपालको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनमा किसान सुनार अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौमा शनिबार सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको दशौ साधारण सभा तथा पाँचौ अधिवेशनमा किसानको अध्यक्षतामा ३१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

व्यवसायी महासंघको प्रथम उपाध्यक्ष द्वारिका बिश्वकर्मा  दितिय उपाध्यक्ष सुधिर अग्रवाल तृतीय उपाध्यक्ष प्रेम बहादुर बिक (खाती) महासचिब  बिमल  धमला(निर बहादुर बिक)सचिव केसर बहादुर बि क, पृथ्वी बिश्वकर्मा कोषाध्यक्ष गणेश प्रसाद बिश्वकर्मा सह कोषाध्यक्ष दिपक धनुके(बिश्वकर्मा) सहित  निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा बुद्धि बहादुर बिक, भूपेन बि क, उमेश गहतराज, कुमार बिश्वकर्मा, जगत बिश्वकर्मा, राजेन्द्र बिश्वकर्मा, केशब बहादुर सुनार, सोम बहादुर बिक, कमल प्रसाद लामिछाने, त्रिलोचन बिश्वकर्मा, किसोर सेन्चुरी, मान बहादुर सुनार, शुर्य कुमार वराल,सुरथ बहादुर सुनार, हेम सागर गहतराज, उमेश प्रसाद साह,निरन्जन कुमार साह,प्रेम बहादुर स्वर्णकार, बिध्यासागर र महिला सदस्य तिन जना निर्बिरोध निर्बाचित भएका हुन् ।

कार्यक्रम प्रमखु अतिथि नेपाल सरकारका कानुन मन्त्री पदम गिरीले उद्घाटन गर्दै, पेसा र ब्यबसायी १५ हजार  र कारिगर ६० हजार आबद्ध रहेको  मैले आकलन गरेको छु । यस ब्यबसायमा ४५ अर्बभन्दा बढी लगानी रहेको र यी ब्यवसायी हरूले बर्षेनी ५ अरब राजस्व बुझाएका छन् ।  सुनचाँदी व्यवसायलाई ब्यबस्थित र पारदर्शी बनाउने हो भने सुनचाँदीको रत्न ब्यवसायी हरूले अठार अर्ब राजस्व बुझाउने छन् ।ब्यवसायलाई ब्यबस्थित र मर्यादित र पारदर्शी र ढुक्क संग ब्यवसाय गर्ने माहोल शिर्जना गर्ने मन्त्री गिरिले प्रतिबद्धता गरेका थिए ।

देशै भरि बाट करिब ४०० जना सहभागिता रहेको कार्यक्रम  महासचिव किसान सुनार ले सञ्चालन गरेका थिए ।