भिमाद सञ्चार

तनहुँ २०८० चैत्र  १० अन्जान परियार,घिरिङ।
घिरिङ गाउँपालिका -३ नेवापानीमा रहेको श्री थानी आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई युके निवासी मोहन वीर थापाले पोसाक बितरण गरेका छन। शुक्रवार बिधालयमा बिधार्थिलाई पोसाक बितरण तथा सहयोगी दाता सम्मान कार्यक्रमको आयोजना गरि २८ जना बिद्यार्थीहरुलाई पोसाक बितरण गरेका हुन। घिरिङको नेवापानीमा जन्म भए पनि लामो समय देखि युकेमा बसोबास गर्दै आएका थापा युके मगर समाजको आजिवन सदस्य समेत हुन।

विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेका थापाले आफ्नो गाउँको बिधालयमा अध्ययनरत बिधार्थीहरुको एकरुपता बनाउन पोसाक दिएको बताए। पोसाक पाए पछि बिद्यार्थीहरुमा खुसी छाएको छ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रण बहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले २०५१ सालमा आफु र पुर्व शिक्षक पर्शुराम गुरुङ्गको पहलमा सो बिधालय स्थापना गर्न सफल भएको ब्यक्त गरे। उक्त बिधालयको भौतिक संरचना तथा शैक्षिक गुणस्तरमा भएको बिकास प्रती स्थानीय अभिभावक तथा बिधालय ब्यवस्थापन समितिमा रहेर योगदान गर्ने सबै प्रती आभार प्रकट गर्दै बिद्यार्थीको निगरानी गर्न अभिभावक लाई सुझाब दिए।

उक्त कार्यक्रममा बिधालयलाई सहयोग गर्ने सहयोगी दाताहरु लाई सम्मान गरिएको थियो। कार्यक्रममा बिशिस्ट अतिथी वडा -३ का सदस्य लोक गुरुङ्ग, पुर्व बिधालय ब्य्वस्थापन समिती अध्यक्ष डिल बहादुर गुरुङ्ग, सहयोगी दाता याम गुरुङ्ग, मायाँ थापाले निजि बिधालय भन्दा सरकारी बिधालयको मान्यता हुने बताए।

बिधालयका प्रधानाध्यापक हिरा सिं थापाले कार्यक्रम संचालन गरेका थिए भने शिक्षिका मामिला थापाले स्वागत मन्तब्य राखेकी थिइन साथमा नेवापानी नौमती बाजा समुह द्वारा स्वागत गरिएको थियो।