भिमाद सञ्चार

तनहुँ २०८० चैत्र १८

तनहुँ – तनहुँ संसदिय निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय प्रशासनको सेवाको माग राख्दै रास्वपाले उपप्रधान तथा गृहमन्त्री समक्ष जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ ।

आइतबार रास्वपा तनहुँ क्षेत्र नम्बर २ को सचीव सुन्दर बस्याल नेतृत्वको टोलीले तनहुँको सदरमुकाम दमौलीमा विभिन्न माग राख्दै जिल्ला प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

तनहुँ संसदिय निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत भौगोलिक विकटतामा रहेका समस्य र  सर्वसाधारण जनानताका लागि स्थानीय प्रशासनबाट पाउनु पर्ने सेवा प्राप्त गर्न भिमादमा इलाका प्रशासन कार्यलय राख्नुपर्ने लगायतका माग पेस गर्दै क्षेत्र २ को तर्फबाट सचीव सुन्दर बस्याल, सस्थापक संयोजक तथा क्षेत्रीय सदस्य कृष्ण प्रसाद रिजाल, भिमाद नगर संयोजक हरि प्रसाद लम्साल, शुक्ल नगर संयोजक बिजय जोशि, म्यादे पालिका संयोजक मनोज अधिकारी, केन्द्रिय बिभाग सदस्य बिकास सिग्देल लगाएको उपस्तिथि रहेको भिमाद नगर संयोजक हरि प्रसाद लम्सालले जानकारी दिए ।