भिमाद सञ्चार

तनहुँ २०८० चैत्र २४

तनहुँ ।व्यास नगरपालिका–५ चापटार निवासी ४० बर्षीय जीतबहादुर कुमालले दाउ प्रहार गरी ३६ बर्षकी सुनमायाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनले धारिलो हतियार दाउ प्रयोग गरी श्रीमतिको हत्या गरेका हुन् ।
हत्यामा संलग्न श्रीमान् जीतबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए ।
घरायसी झै–झगडाका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,उनले भने,‘थप अनुसन्धानबाट खुल्दै जानेछ ।’

मृतक सुनमायाको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।