भिमाद सञ्चार

तनहुँ २०८१ बैशाख ६

तनहुँ । आँबुखैरेनी–३ आँबुगाउँमा युवा बीच झडप हुँदा एक किशोरले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा गोरखा शहिद लखन गाउँपालिका–३ सिलिङका १८ वर्षीय अमन गुरुङ रहेका छन् ।

आँबुगाउँ स्थित चौतारामा सँगै बसेर खाजा खाइरहेको अवस्थामा एकापसमा झडप हुँदा डिलबाट तल खोल्सीमा खस्दा गुरुङको घट्नास्थलमै मृत्यु भएको हो ।
घट्नामा संलग्न रहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

पक्राउ परेका सातै जना युवकलाई बिहीबार म्याद थपका लागि जिल्ला अदालत तनहुँमा पेश गरिने उनले बताए । घटना मंगलबार राती करिब ९ बजे तिर घटेपछि प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।