भिमाद सञ्चार
तनहुँ २०८१ जेष्ठ ०६

भिमाद। आमाको स्मृतीमा स्कुललाई शैक्षिक सामाग्री प्रदान गरेका छन ।

भिमाद भिमाद सञ्चार प्रा.लि. का सह-संयोजक एवम् समाज सेवी शालिकराम गहतराजले आफ्ना स्वर्गीय आमा कृष्ण माया बि कको स्मृतीमा भिमाद नगरपालिका ८ राङ्गरुङ्गमा रहेको जय नेपाल आधारभुत विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

सोमबार गहतराजले आफू जन्मेको गाउमा रहेको जय नेपाल आधारभुत बिद्यालयमा पुगी विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर भुजेल, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नवाराज सुबेदिको उपस्थितिमा ८१ जना विद्यार्थीहरु र २ बिपन्न परिवारका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

उक्त अवसरमा वोल्दै गहतराले आफू १२ वर्षको हुँदा आफ्नो जन्म दिने आमा गुमाउनु परेको र आज सामाजिक र ब्यवासायिक रुपमा जिम्मेवार भएर काम गरिरहदा आमाको स्मृतिमा गाउमा रहेको विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गर्न पाउदा निकै खुसी लागेको बताए ।

आफ्नो आमाको स्मृतिमा थोरै भएपनि सामाग्री हस्तान्तरण गरेको र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने बताए  ।

विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर भुजेलले आफ्नो विद्यालयमा गहतराजले गरेको सहयोगबाट बिद्यार्थीको शैक्षिक र खेलकुद गतिविधीमा थप टेवा पुग्ने वताए ।

उक्त अवसरमा विद्यार्थीहरुकाअभिभावकहरुको पनि सहभागीता रहेको थियो ।