भिमाद । भिमाद नगरपालिकाले भोलि स्थानीय  बिदा दिने निर्णय गरेको छ ।

आइतबार  भिमाद नगरपालिकको कार्यपालिकाको प्राप्त सूचना अनुरुप भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदिले  भोलि जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा  स्थानीय बिदा दिने निर्णय भएको जानकारी गराउनु भएको छ  ।

भिमाद नगर कार्यपालिका र अन्तर्गतका वडा कार्यलय, सेवा केन्द्र, स्वस्थ्य सस्था, सबै बिद्यालय तथा नगरपालिका भित्र संचालित बैंक तथा बित्तीय सस्था, निजि संघ सस्था समेत बिदा दिने जनाएको छ ।

सबै समुदायहरूले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरू सञ्चालन गरी सामाजिक एकता सन्देश दिन पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।