भिमाद सञ्चार

तनहुँ २०८१ जेष्ठ २९, शालिकराम गहतराज

भिमाद । नेकपा एमाले भिमाद  नगर कमिटीको अध्यक्षमा इमान बहादुर  थापा  बिजयी भएका छन् । कमिटीको शोमबार सम्पन्न दोस्रो अधिवेशनमा थापाले १४६ ल्याएर बिजयी भएका हुन् । अध्यक्ष पदका प्रत्यासी उज्ज्वल खनालले ८९ मत पाएका थिए । कूल २ सय ४१ मतमा २ सय ३७  मत खसेको थियो ।

त्यसैगरी उपाध्यक्षमा चतुर्भुज सुबेदीले १६५ मत पाएर बिजयी भएका छन् । उनका प्रत्यासी निमकान्त पौडेलले ७० मत पाएका थिए । महिला उपसचिव तर्फ नारायणी गैह्रे लामिछानेले १६९ मत प्राप्त गरेर बिजयी भएकि छ्न । उपसचिवको प्रत्यसी चन्द्रवति श्रेष्ठले ६१ मत प्राप्त गरेकी छन ।

सचीव पदमा भिमसेन थापा बलु र उपसचिव पदमा दिनेश थापा सर्वसम्मत निर्वाचित भएका थिए ।