भिमाद सञ्चार
तनहुँ २०८१ श्रावण
तनहुँ । नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यवासायी महासंघको १० औ स्थापना दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ ।
स्थापना दिवसमा मंगलबार तनहुँको ब्यास नगरपालिका वडा न. १ निर्मलनगर स्थित वृक्षारोपण गरिएको हो ।
वार्षिक कार्ययोजना अनुसार वृक्षारोपण गरिएको तनहुँ फर्निचर तथा फर्निशिङ्ग ब्यवासायी संघका अध्यक्ष अमर बहादुर भणडारीले बताए । उनले बोट बिरुवालाई बचाउ सके हामी बाच्न सक्छौ, आज प्रत्येक घर घरमा एसि जडान हर्नुको सट्टा प्रत्येक घरमा एउटा एउटा बिरुवा रोपे त्यस्ले जित्ने बताए ।
हरेक वर्ष धेरै बिरुवा रोपिए पनि संरक्षण नहुने समस्या रहेको भन्दै उनले बोट बिरुवालाई महत्त्व दिएर लगाएका बिरुवाको गोडमेल गर्नुपर्ने, रेखदेख गर्नुपर्ने, काटछाट समेत जरुरी हुने भएकाले यस तर्फ पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा तनहुँ फर्निचर तथा फर्निशिङ्ग ब्यवसायी संघका सदस्य इन्द्र मल्ल, परमेश्वर बैठ, संगम श्रेष्ठ, सदस्य एवम् ब्यास नगर ईकाइका संयोजक सतन ठाकुर, ब्यवसायी मीन चदारो, लाल बहादुर थापा लगाएतका करिब २५ जनाको सहभागीता थियो ।
कपुर, धुपिसल्ला, तेजपत्ता लगाएतका ३० वटा बिरुवा रोपिएको अध्यक्ष भणडारील बताए ।