भिमाद सञ्चार

तनहुँ २०८१ असोज २१

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा सोमबार ट्याक्टरले ठक्कर दिदाँ ८ बर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सबिन कुमाल रहेका छन् । ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ बालकको उचारको क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
सोही वडास्थित ज्ञानगंगा बोडिङ कक्षा दुईमा अध्यनरत रहेका थिए । टयाक्टरको ठक्करबाट सख्त घाइते कुमालको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

ट्याक्टर चालक प्रदीप बिकलाई प्रहरी नियन्त्रणमा लिएर थप  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।