भिमाद सञ्चार
तनहुँ २०८१ असोज २२

तनहुँ भिमाद । नेपालीहरु महान पर्व बडा दशैं नजिकएसंगै तनहुँ प्रहरीले सवारी साधान चेकजाँच कार्यमा कडाई गर्ने भएको छ । चाडपर्वको समयमा सीट क्षमता भन्दा बढी यात्रु राखेको भेटिएमा ठाउँको ठाउँ कारबाही गरिने प्रहरीले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु राखेको भेटिएमा रोक्ने र अर्को सवारीसाधान व्यवस्था गरी यात्रुलाई सुरक्षित स्थानसम्म पुराउन लगाइने प्रहरी नायव उपरीक्षक अशोक थापाले बताउनुभयो ।
क्षमता भन्दा बढी यात्रु राखेर यात्रा गर्दा इन्स्युरेन्स दाबीमा समेत असर पर्ने भएकाले सुरक्षित यात्राका लागि प्रहरीले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
चाडपर्वको समयमा बिशेषगरी यात्रुले सहज रुपमा यात्रा गर्न पाउन भन्ने हेतुले जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको   छ ।

कारबाहीमा पर्नु अगावै सचेत भएर सवारीसाधान चलाउन प्रहरीले आग्रह गरेको छ,उहाँले भन्नुभयो “मादक पदार्थ सेवन गर्ने,बढी क्षमता राखेर यात्रु बोक्नेलाई प्रहरीले कारवाहीको दायरमा ल्याउँछ ।”