भिमाद सञ्चार
तनहुँ २०८१ कार्तिक २ शुक्रवार
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।
शुक्रबार जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि उनी पक्राउ परेका हुन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेको हो। सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
उनी गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको आरोप छ। गोर्खा मिडियाका अध्यक्ष रहेका जीबी राई भने फरार छन्।
राई र लामिछानेसँगै साझेदार रहेका पूर्वडिआईजी छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए।
लामिछानेलाई सडकमार्ग हुँदै शुक्रबार राति नै कास्की लगिदै छ। लामिछानेलाई पक्राउ गर्ने क्रममा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।