भिमाद सञ्चार
तनहुँ २०८१ कार्तिक १४

तनहुँ । नेपालीहरुको दोस्रो महान  पर्व दीपावलीको समयमा राती १० बजेसम्म देउसीभैलो तथा नाचगान गर्न पाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बुधबार सूचना जारी गर्दै सो कुराको जानकारी गराइएको हो ।


जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसीभैलो, नाचगान जस्ता कार्य शान्तिपुर्वक रुपमा मनाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।
पटका, आतिसवाजी, झिरझिरे, भुईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग नगर्नु हुन र त्यस्ता पदार्थहरुको आयात, ओसारपोसार बिक्रिवितरण समेत नगर्न आग्रह गरिएको छ ।

जुवातास, लड्गुरबुर्जा खेल्ने-खेलाउने जस्ता कार्य गर्न पाइने छैन्,उहाँले भन्नुभयो “देउसी, भैलो कार्यक्रम सार्वजनिक यातायात र जिवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा खेल्न भनिएको छ । ”
मादक पदार्थको सेवन गरी होहल्ला, झैझगडा नगर्न तथा भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप गरेको पाइएमा कानुनी कारबाही गरिने प्रशासनले जनाएको  छ ।