भिमाद सञ्चार

तनहुँ २०८१ माघ ८

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मंङगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–६ चालिसे घरभई हाल व्यास–५ पाटन बस्ने बर्ष १९ का सन्दिप आले र निजकी आमा बर्ष ४० की मधुमाया आले रहेका छन् ।
दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल मङ्गलबार बिहान अनियन्त्रित भई सडकबाट तल खस्दा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको हो ।

हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।