भिमाद सञ्चार

तनहुँ २०८१ माघ ३०

तनहुँको भिमाद स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोडिङ स्कुलकी एक शिक्षकले विद्यार्थीलाई तातो पन्यूले डामेकी  छन् ।

प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठको छोरी बिद्यालयमा कार्यरत शिक्षक सुष्मा श्रेष्ठले बच्चाहरुले हल्ला गरेको र त्यही बिचमा एकजना बच्चाले काली भन्दिएको निहुँमा पन्यू तताएर डामेकी हुन् । यस बिषयले अहिले सामाजिक संञ्जालमा प्राथामिकता पाइरहेको छ । पन्यूको डामबाट एक बालकको गाला बढी कालो दाग र तीन बालकको गालामा सामान्य रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ ।  शिक्षक श्रेष्ठले आफ्नो गल्ती स्वीकारेकी तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भैरहेको उहाँले बताउनुभयो ।

कक्षा ४ मा पढ्ने बर्ष १० प्रमिस परियार लगायत ४ जनालाई मिसले पनियो तताएर डामेको घाइते वालककी आमा विष्णु परियारले जानकारी दिनुभयो । छोरालाइ त्यस्तो भएको थाहा पाएपछि अर्का बालक बेवीसको ममी बसन्ती र आफु विद्यालयमा पुगेको उहाँले बताउनुभयो । अहिले बच्चालाई नदुख्ने औषधी खुवाउने तथा मलम लगाएर राखिएको छ । प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठले घट्ना भएको स्वीकार गर्नुभएको छ । मेरो आफ्नै छोरी हुन्,उहाँले भन्नुभयो घट्ना अप्रत्यासित रुपमा हुन पुग्यो,गर्न नहुने काम गरिन् । घाइते बालकहरुको उपचारको लागि पनि पहलकदमी भइरहेको उहाँले बताउनुभयो ।

यता प्रमिसका हजुरबुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूको फोटो सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् । उहाँले सामाजिक संजालमा लेख्नु भएको छ – 
हाम्रो बच्चाहरूको पहिलो पाठशाला घर हो भने दोस्रो पाठशाला बिद्यालय हो, आफ्नो मुटुका टुक्रा जस्तै साना साना बच्चाहरु लाई बाबा, पापा भन्ने तोते बोली बोल्ने बेला देखिनै मेरो बच्चाले छिट्टै पढला, राम्रो होला भनेर बिद्यालयमा आफ्नो गाँस काटेर यस्ता महंगो निजि स्कुलमा पढाउनु पर्ने हाम्रो रहर नभएर बाध्यता छ, रातभरि आफ्नो काखमा रहे पनि दिनभरि बच्बाहरु राम्रो कियर हुन्छ भनेर हामीले बोडिङ्ग स्कुलमा चर्को फि तिरेर भर्ना गरेका हुन्छौं, तर बिडम्वना हाम्रो भिमाद बजार क्षेत्रमा रहेको निकै नाम चलेको बोडिङ्ग स्कुल भिमाद शान्तिनगर मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलका संन्चालक को परिवार बाट मेरो नाति बाबु लगायत अरु अन्य २र३ जना ती कलिला बच्चाहरु को गाला लगायतका शरिरका विभिन्न भागहरु मा यस्तो फलाम तताएर निर्मम ढंगबाट डाम्ने काम भएको छ । यस्तो जघन्य अपराधको जति भ्रत्सना गरे पनि कमि हुन्छ । हाम्रो भिमाद को जिम्मेवार ब्याक्तित्व, मिडियाकर्मि र प्रशासनको गम्भीर ध्यानाकर्षण भएको होस र निज दोषी माथि अपराधको जति भ्रत्सना गरे पनि कमि हुन्छ । हाम्रो भिमाद को जिम्मेवार ब्याक्तित्व, मिडियाकर्मि र प्रशासनको गम्भीर ध्यानाकर्षण भएको होस र निज दोषी माथि हदैसम्मको कारबाही भएको होस, यस्तो संबेदनसिल घटनालाई फोहोरी राजनीतिक घुसाएर थामथुम पर्ने काम नहोस।।ता कि भोलि मेरो नाति बाबू जस्तैः अन्य अबिभावक का बच्चाहरु को कलिलो छाला माथि तातो पनियो नडामियो । यो घटनालाई डर धम्की लोभ लालच देखाएर राजनीतिक पहुँच र पावर बाट थामथुम नगरियोस् । आवस्यकता परे अदालतको ढोका सम्म ढकढक्याउन जानेछौ। भनेर लेखेका छन् ।