भिमाद सञ्चार
तनहुँ २०८१ फाल्गुन १२
दमौली, तनहुँ । योग, ध्यान र स्वाजागरणमा मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गर्दै स्वास्थ र नैतिकवान् समाज निर्माण गर्न जीवन बिज्ञान जिल्ला परिषद तनहुँको जिल्ला भेला सम्पन्न भएको छ ।
कार्यक्रममा जीवन बिज्ञान गण्डकी प्रदेश संयोजक अमर बहादुर भण्डारीको उपस्थितिमा सम्पन्न भएको हो ।
‘आफूभित्रको शक्ति भेट्टाउन ध्यानको गराइमा पुग्नु पर्छ ।’ शारीरिक स्वास्थ्यका लागि मात्रै होइन, मानसिक, बौद्धिक, आत्मिक र स्वास्थ्यका लागि पनि लाभदायक भएको गण्डकी प्रदेश संयोजक भण्डारीले बताउनु भयो ।
तनहुँ भेलाले तारा भण्डारीको अध्यक्षतामा तनहुँको दश पालिका संयोजक पनि सर्वसम्मत चयन गरेको छ ।
जीवन बिज्ञान जिल्ला परिषद तनहुँको १० पालिका संयोजक अन्तरगत ब्यास नगरपालिका संयोजक: शोम बहादुर आले, म्याग्दे गाउँपालिका संयोजक: चिजा आले, भिमाद नगरपालिका संयोजक: कृष्ण गैह्रे, घिरिङ्ग गाउँपाकिका संयोजक: अविरल श्रेष्ठ, बन्दिपुर गाउँपालिक संयोजक: राम चन्द्र अधिकारी, भानु नगरापालिका संयोजक: पुजा सुनार, आबुखैरेनी गाउँपालिका संयोजक:सरिता पण्डित,देवघाट गाउँपालिका संयोजक: राजन पौडेल सह-संयोजक:सन्तोष सुबेदि, शुक्ल गण्डकी नगरपालिका संयोजक: यदुनाथ शर्मा र ऋषिङ्ग गाउँपालिका संयोजक छनौट नहुदा सम्म सम्पर्क ब्यक्ति कृष्ण गैह्रेनै चयन भएका छ्न ।
जिवन बिज्ञान गण्डकी प्रदेश परिषदका संयोजक भण्डारीले दश पालिका संयोजकहरुलाई बधाई दिदै दुई बर्षको कार्यकाल पुर्ण सफलताको शुभकामना दिनु भएको जिवन बिज्ञान जिल्ला परिषद संयोजक तारा भण्डारीले बताउनु भयो ।