भिमाद सञ्चार
तनहुँ २०८१ फाल्गुन २७
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले होलीको नाममा भड्किला कार्यक्रम नगर्न सचेत गराएको छ ।प्रशासन कार्यालयले कसैको इच्छा विपरीत रंग दल्ने, पानी वा लोला हान्ने काम नगर्न पनि अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र भाइचारा कायम गर्दै होली मनाउन अनुरोध गरेको छ । आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन तनहुँ प्रशासनले अनुरोध गरेको छ ।
कोही कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।