भिमाद सञ्चार
तनहुँ २०८१ चैत्र ०५
भिमाद । जिल्लाको म्याग्दे गाउँपालिका–४ ओटाङदीमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुने बस्ने ३० बर्षका सुक बहादुर बि.क. रहेका छन् ।
ग १ त ५६८९ नं.को टयाक्टर अनियन्त्रित भई सडकमा पल्टन गई च्याँपिदा सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
ट्याक्टर चालक सोही वडा निवासी बर्ष ४० का प्रकाश कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ,उहाँले भन्नुभयो घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।