भिमाद सञ्चार

तनहुँ २०८१ चैत्र २७

भिमाद   । भिमाद नगरपालिका सहितका विभिन्न पालिकामा (भाेलि) बुधबार र (पर्सि) बिहिवार दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख इन्जिनीयर राजकुमार रमणका अनुसार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत बन्द हुने छ ।

दमौली -भरतपुर १३२ के.भि. लाईनको स्तरोन्नतीको लागिकोलागि दमौली सवस्टेसनमा दमौली – खैरेनीटार ३३ के.भि. लाइन बन्द गरि कार्य गर्नुपर्ने भएकाले विद्युत बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख इन्जिनीयर राजकुमार रमणले जानकारी दिए ।

खैरेनीटार सवस्टेसन बाट हाल तनहुँ निर्वाचन क्षेत्र नं. २ क, ख र नवलपुर निर्वाचन क्षेत्र नं. २ क का उपभोक्तामाझ विद्युत वितरण भइरहेको छ । सो क्षेत्र अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिकाका केहि वडाहरुमा पर्दछन् ।