भिमाद सञ्चार
तनहुँ २०८१ चैत्र २९
भिमाद । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्ल गण्डकी न पा नर्सरी क्षेत्रमा गए राती भएको मोटरसाइकल दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दे गाउँपालिका ५ थाङ्दी घर भएका ३९ वर्षिय रेशम बि क रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
भिमादबाट पोखरा तर्फ जाँदै गरेको लु ५७ प ०२६२ नम्बरको मोटरसाइकल अनियंत्रित भइ पल्टिँदा घाइते भएका बि कलाई उपचारको लागि जि पि कोईराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको मा चिकित्सकले मृत घोषण गरेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
रेशम बि क लामो समय देखि सामाजिक अभियनताको रुपमा सकृय रहेर रास्ट्रबादी युवा, राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला सह-सचीव पदमा रहेर समेत काम गर्दै आएका थिए । उहाँको शबलाई शुक्रबारनै सेती घाटमा अन्त्यस्टी गरिएको छ ।