भिमाद सञ्चार
तनहुँ २०८१ बैशाख ०८
भिमाद – भिमाद नगरपालिकाको संस्थापक मेयर मेख बहादुर थापाको निधन भएको छ । सोमबार साझा काठमाडौंको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बिगत लामो समय देखि कलेजोमा समस्या देखिए पछि थप उपचार जारी थियो । कलेजो प्रत्यारोपण प्रक्रियाको तयारी अन्तिम तयारी चलिरहदा थापाको मृत्यु भएको हो ।
पार्थिब शरीरलाई भोलिनै ९ गते मंगलबार अन्तिम श्रद्धाञ्जलीको लागि बिहान ११ बजे देखि भिमाद नगरपालिकाको प्राङ्गणमा राखिने भिमाद नगरपालिकाले जनाएको छ । भिमाद नगरपालिकाले एक दिन भिमाद नगरपालिका क्षेत्र भित्र स्थानीय सार्वजनिक शोक बिदा दिने निर्णय समेत गरेको छ ।
थापाको धर्म पत्नी भोबिमाया थापाको समेत गत यहि २०८१ फाल्गुन २४ गते मात्रै निधन भएको थियो ।