भिमाद सञ्चार
तनहुँ २०८२ बैशाख १०
भिमाद । तनहुँ जिल्लाको घिरिङ गाउपालिका– ४ थामडाँडा माईतिघर भएकी एक महिलाले आफ्नो ४ महिनाको बच्चाको हत्या गरेकी छन् ।
नवलपरासी बैदिकाली गाँउपालिका वडा–२ अर्मले स्थायी भएकी बर्ष ३६ की कमला परियारले आफ्नै ४ महिनाको छोरा अर्जुनको हत्या गरेकी हुन् । ढुङ्गा प्रहार गरी सख्त घाइते बालकको उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । आमा कमला परियारलाई इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थपअनुसन्धान भइरहेको छ ।
निज कमला परियारलाई कर्तब्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।