भिमाद सञ्चार

तनहुँ २०८२ जेष्ठ ११

पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यास नगरपालिका–५ र ४ जोड्ने मादी पुलबाट शनिबार साँझ बिहान बलेरो गाडी खस्दा तीन जनाकोमृत्यु भएको छ ।  प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा व्यास नगरपालिका–५ बेतेनी बस्ने बर्ष २८ का प्रविन आले मगर, सोही स्थान निवासी २२ बर्षीय  कुसल थापा मगर र बर्ष २२ का कुमार थापा मगर रहेका छन् ।

jeep.jpg
घाइते तीन जनाको प्रदेश अस्पताल दमौलीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।  दमौलीबाट पोखरातर्फ जादै गरेको ग २ च ५७६० नंम्बरको बलेरो गाडी पुलदेखि करिब ४० मिटर तल मादी नदीमा खसेको थियो ।
उक्त दुर्घटनामा परि पर्सा प्रनानिपुर–३ बस्ने बर्ष २० का धिरज रोनीयार पोखरा मणिपालमा उपचार भइरहेको छ भने जिप चालक व्यास–४ बस्ने बर्ष २४ का सनि बानीयाँ सामान्य घाइते भएका छन् ।