तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ कमलाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
आज दिउँसो दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नंको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएका नराललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको थियो।
दुर्घटनामा स्कुटरमा सवार नरालका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।