भिमाद सञ्चार
तनहुँ २०८२ असार २२

घिरिङ । जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर ४ फुला गुरङ्ग गाउँ निवासी जानकी माया बिकका ३४ वर्षीय माइला छोरा रोशन बिक बम बहादुर लामो समयदेखि क्षयरोग बाट पीडित छन् ।

आर्थिक अभावका कारण उपचारमा लैजान नसक्दा ओछयानमै थला परेको अवस्था रहेको छ । हाल उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । केही समय अघि उनलाई मृगौला सम्बन्धी समस्या समेत देखिन थालेको छ, जसका कारण अहिले उनी हिँडडुल गर्न समेत असमर्थ भएका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचारका लागि अस्पतालसम्म लैजान सक्ने अवस्था नभएको उनकी आमा जानकी बिकले बताउनुभयो । छोराको उपचारमा लाग्ने खर्चको जोहो गर्न नसकेपछि आमाले सर्वसाधारण संघसंस्थासंग आर्थिक सहयोगको अपिल गरिरहनु भएको छ ।

“छोरा बिरामी भएर ओछ्यान परेका छन्, उपचारका लागि अस्पताललैजान सक्ने स्थितिमा छैनौं। सबैमा सहयोगको अपेक्षा राखेकी छु,”पीडितकी आमा जानकीले बताउनुभयो । जो कोही सहयोग गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो  मोबाइल नम्बर ९७०१६८०५६५ मार्फत सीधै सम्पर्क गर्न सकिनेछ । युवा समाज सेवि गोपाल बिकले आफ्नै फेसबुक पेजबाट रोशन बिकको जीवन बचाउ अभियान चलाउदै आएका छन् ।