भिमाद सञ्चार

तनहुँ २०८२ श्रावण ३

भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समिति भिमादले मृत्यु शोक परेका उपभोक्तलाई एक महिनाको पानीको  महसुल मिनाहा गर्ने भएको छ ।

भिमाद नगरपालिका–६ स्थित भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समितिको श्रावण  ३ गते  ऋषि राम रानाको अध्यक्षतामा बसेको बैठकले उक्त  निर्णय सार्वजनिक गरेको हो । अबदेखि उपभोक्ता सदस्यका घरमा पारिवारिक मृत्युशोक परेमा सो महिनाको खानेपानी महसुल नलिइने भएको छ ।

समितिका अनुसार, यो निर्णय श्रावण  ३ गते (आज) देखिनै लागू हुनेछ भएको छ । समितिका अध्यक्ष ऋषि राम राना र अन्य पदाधिकारीहरूले सामाजिक सेवा र मानविय संवेदनाको भावनाबाट प्रेरित भएर यस्तो निर्णय लिएको उल्लेख गर्दै आगामी दिनमा पनि समुदाय केन्द्रित निर्णयहरू गर्दै जाने समितिले जनाएको छ ।

स्थानीय उपभोक्ताहरूका लागि  समितिको यस कदमको निर्णयले उपभोक्तमा केही राहत हुने  सामाजिक भूमिका अझ बलियो बनाउनेमा बिस्वास्त रहेको र  यस्ता मानवीय निर्णयहरूले उपभोक्तासँगको सम्बन्ध प्रगाढ हुने र सेवा मात्र नभई सहानुभूति पनि दिन सकिने अभ्यासको थालनी भएको बारे भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको  सदस्य सुर्य बिश्वकर्माले जानकारी गराए ।