भिमाद सञ्चार
तनहुँ २०८२ भाद्र २३
भिमाद । एनएमबी बैंक भिमाद शाखाले विद्यालयका लागि कम्प्युटर सहयोग गरेको छ । तनहुँको भीमाद नगरपालिका वडा न.३ मा पर्ने कोषनर आधारभूत विद्यालयमा एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत दुई थान कम्प्युटर प्रदान गरेको हो ।
विद्यालयका अध्यक्ष हस्त बहादुर थापाको अध्यक्षतामा
एनएमबी बैंक भीमाद शाखाका प्रबन्धक संजय घिमिरे ,एनएमबी बैंक दुलेगौंडा शाखाका शाखा प्रबन्धक सन्तोष केसी,एवम् एनएमबी बैंकका कर्मचारी, शिक्षक, विद्यार्थीहरु, एवम् अभिभावक र स्थानीयवासीहरूको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।

वडा अध्यक्ष पदम सेनले विद्यालयलाई कम्प्युटर प्रदान गरेकोमा खुशी प्रकट गर्दै विद्यार्थीलाई उचित तरिकाले सिकाउन र आगामी दिनमा वडाबाट पनि सक्दो सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए थिए ।
कार्यक्रममा आफ्ना मन्तव्य राख्दै सरकारी विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिमा यस प्रकारका सहयोग महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्दै व्यवस्थापन समितिका अध्यक्ष थापाले विद्यालयका सम्पूर्ण टिम र विद्यार्थीहरूमा खुशी भएको व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित एनएमबी बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।









