भिमाद सञ्चार
तनहुँ २०८२ भदौ २
भिमाद । तनहुँमा भदौ २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवनलगायतका विभिन्न संरचनामा तोडफोड गर्दै त्यहाँ रहेका दस्तावेज, कम्प्युटर, महत्वपूर्ण सामग्री र नगद समेत लुटपाट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा केही व्यक्तिहरूले आन्दोलनलाई आड लिएर यस्तो गैरकानुनी कार्य गरेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँले यस घटनामा संलग्न व्यक्तिहरूलाई चाँडै नियन्त्रणमा लिने कार्य भइरहेको जानकारी दिएको छ । साथै, त्यस्ता गतिविधि नगरी सहयोग गर्न सबैमा अनुरोध गरिएको छ ।
त्यस्तै, लुटपाट वा तोडफोडबाट प्रभावित भएका व्यक्तिहरूले नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर ९८५६०९०१७८ , १०० मा जानकारी दिन सक्ने व्यवस्था गरिएको छ । प्राप्त सूचनाका आधारमा आवश्यक कानूनी कारबाही गरिने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले घटनाबारे स्थानीय नागरिकलाई सहयोग गर्न र शंकास्पद गतिविधि देखेमा तुरुन्त जानकारी दिन आग्रह गरेका छन् ।









