भिमाद सञ्चार
तनहुँ २०८२ आस्विन ७,अमृत परियार
भिमाद नगरपालिकामा आज बडादसैँको अवसर पारेर “झण्डा पूजा विशेष–२०८२” सम्पन्न गरिएको छ। नगरपालिकाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरिएको हो।

कार्यक्रममा भिमाद नगर प्रमुख दधिराज सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले झण्डाप्रति श्रद्धा व्यक्त गर्दै राष्ट्रिय एकता, संस्कृतिको संरक्षण र सद्भाव कायम राख्न झण्डा पूजाले महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गरेका थिए।
नगरपालिकाले प्रत्येक वर्ष दशैंको शुभारम्भसँगै झण्डा पूजा आयोजना गर्दै आएको छ।









