भिमाद सञ्चार

तनहुँ २०८२ आस्विन १९,अमृत परियार

भिमाद नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा “जनज्योति माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्च” गठनार्थ भव्य भेला सम्पन्न भएको छ। तयारी समितिका संयोजक खिमाकान्त पराजुलीको अध्यक्षता तथा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा विद्यालयका पूर्व विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन उज्ज्वल खनालले गर्नुभएको थियो भने स्वागत मन्तव्य मिलन आलेले प्रस्तुत गर्नुभएको थियो। भेलामा सहभागी पूर्व विद्यार्थीहरूले आ–आफ्नो परिचय तथा अनुभव आदान–प्रदान गर्दै विद्यालयको विकास र उत्थानमा आफूहरू निरन्तर साथ रहिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलाले सर्वसम्मत रूपमा जनज्योति माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको तदर्थ समिति निम्नानुसार गठन गरेको छः

१. अध्यक्ष: मनोज खनाल
२. उपाध्यक्ष (खुला): उज्ज्वल खनाल
३. उपाध्यक्ष (महिला): प्रेममाया वाग्ले ढकाल
४. महासचिव: मिलन आले
५. सचिव (खुला): लालबहादुर थापा
६. सचिव (महिला): दिना गोतामे
७. कोषाध्यक्ष: लालबहादुर सार्की गोतामे
८. सह–कोषाध्यक्ष (महिला): मैना रिजाल अधिकारी
९. सदस्यहरू:

मदन थापा

सरिता कुमारी श्रेष्ठ

विजयराज सुवेदी

अर्जुन बहादुर तिवारी

पुष्पराज भण्डारी

विवेक पराजुली

सुरेन्द्र कुमार सुवेदी

चिनबहादुर थापा

अमृत परियार

विद्यालय प्रशासनले नवगठित तदर्थ समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

पूर्व विद्यार्थी मञ्च विद्यालयको एउटा मजबुत खम्बाका रूपमा रहने अपेक्षा गरिएको छ। यस मञ्चले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउन, विद्यालयका शैक्षिक, भौतिक र सामाजिक गतिविधिहरूमा सहयोग पुर्‍याउन, विद्यार्थीहरूमा प्रेरणा जगाउन तथा विद्यालयको प्रतिष्ठा अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।

विद्यालयका पूर्व विद्यार्थीहरूको साझा मञ्चका रूपमा यस संस्थाले विद्यालयको निरन्तर प्रगति, पूर्व विद्यार्थीबीचको एकता र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा दीर्घकालीन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।